Incident Reports

लुटिएको मतपेटिका जङ्गलमा फेला l

2013-11-17

Bagmati, Makawanpur, Raksirang

Pratap Bista मकवानपुर । मङ्सिर २ गते, मकवानपुरको काकडा गाविस-५ सिलाधुनी मतदान केन्द्रतर्फलैजाँदै गर्दा लुटिएको मतपेटिका प्रहरीले मङ्सिर २ गते बिहान जङ्गलमा फेला पारेको छ । चुनाव बिथोल्न निर्वाचन विरोधीहरूले मङ्सिर १ गते मकवानपुरको काकडा गाविस- ५ सिलाधुनी मतदान केन्द्रतर्फमतपेटिकाहरू बोकेर लगिरहेका अवस्थामा ६-७ जनाको सङ्ख्यामा आएको एक समूहले लुटेको थियो । उक्त मतदान केन्द्रका निम्ति दुई ओटा मतपेटिका लगिएको थियो । मतपेटिका लुटेको खबर सदरमुकाममा प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीको नेतृत्वमा घटनास्थलमा मङ्सिर १ गते राति प्रहरी टोली परिचालन भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास गर्ने क्रममा आइतवार बिहान जङ्गलको खोल्सीमा फालेको अवस्थामा मतपेटिका फेला परेको प्रहरी उपरीक्षक गणेशवहादुर ऐरले वताए । लोथर बजारवाट सिलाधुनी पुग्न सात घन्टा पैदल हिँड्नु पर्छ । अहिले त्यस क्षेत्रमा थप प्रहरीसहित नेपाली सैनिक पनि खटाएको छ । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis