Incident Reports

कार्यकर्ता हत्याको विरोधमा देवदहमा तरुण दलको चक्काजाम

2019-03-11

Lumbini, Rupandehi, Devdaha

रुपन्देहीको देवदहमा गए राति आफ्ना कार्यकर्ता अनिश पुरीको हत्याको विरोधमा तरुण दलले चक्काजाम गरेको छ ।

तरुण दलले देवदह क्षेत्रमा मुख्य राजमार्ग दिउँसो २ बजेदेखि चक्काजाम गरेको छ । रुपन्देहीको खैरेनी र घोडाहाका युवाबीचको झगडाको चपेटामा अनिशको मृत्यु भएको हो । देवदहमा सञ्चालित व्यापार मेलामा आइतबार दिउँसो पार्किंङको विषयमा युवाहरुको दुई समूहबीच विवाद भएको थियो ।

विवादपछि उक्त समूहले पुरीलाई देवदहकै बुद्धनगरमा बोलाएर लाठी र ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ ।

लाठी र ढुङ्गा प्रहार गरी हत्या गरिएका युवा नेपाल तरुण दल देवदह नगर सदस्यसमेत हुन् । सो घटनापछि आकस्मिक रुपमा बसेको तरुण दल रुपन्देहीको बैठकले हत्यामा संलग्नलाई तत्काल कारबाहीको माग गरेको छ ।

७ जना पक्राउ

घटनाको अनुसन्धान गर्न प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सोधपुछ र अनुसन्धानका लागि गएराति नै ५ जना र सोमबार बिहान थप २ जना गरी ७ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्ले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा देवदह ९ का २१ वर्षीय अर्जुन मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा र २१ वर्षकै शिशिर रानालगायत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराम भण्डारीले जानकारी दिए ।

टाउको र छातीमा गम्भीर चोट लागेका पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेजमा पु¥याइएको थियो । लगत्तै उनलाइ चिकित्सकले मृत घोषणा गरेका थिए । उनी विगत १ बर्षदेखि मुटुको रोगी भएकाले औषधि सेवन गरिरहेका थिए ।

आमाबुबा अचेत

एक मात्र छोरा अनिषको मृत्युपछि उनका बुबा र आमा अचेत छन् । उनीहरु दुबै जनाको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार भइरहेको छ ।

मृतक पुरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । मृतक पुरी गरिब परिवारका सदस्य थिए ।

कारबाही नभएसम्म शव नबुझ्ने

अनिशको ज्यान गएपछि परिवारजन र आफन्त आक्रोशित भएका छन् । आफन्तजनले हत्यामा संलग्नलाइ कारबाही नभएसम्म पुरीको शव नबुझ्ने समेत निर्णय गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments