Incident Reports

कुटपिट गरी लुटपाट गरेको अभियोगमा पक्राउ

2019-03-12

Madhes, Parsa, Jagarnathpur, Ward 1

कुटपिट गरी लुटपाट गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पाण्डेपुर गाँउ बस्ने लोहा सिंह भन्ने ३५ वर्षीय कोराईन राउतलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पाण्डेपुर गाँउ स्थितमा कोराईन राउत समेत ३ जनाले भारत वेतिया गोपालपुर थानाबाट बिहेको जन्ती आउने क्रममा बेहुलाको भाई १७ वर्षीय महमद ईन्तियाज आलम र १९ वर्षीय साकिर आलम सवार अन टेष्ट मोटरसाइकल रोकी सामान्य कुटपिट गरी ३ सय ग्राम चाँदीको गोडाई, ५ सय ग्रामको चाँदीको हसुली, आधा तोलाको सुनको नथिया र आधा तोलाको सुनको टिका लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले राउतलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न फरार रहेका १८ वर्षीय अफ्रोज राउत र १८ वर्षीय जमसेद आलमको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments

Related Reports