Incident Reports

भ्रूण हत्या गरेको आरोपमा आमा-छोरी पक्राउ

2019-01-23

Province 1, Terhathum, Chhathar, Ward 1

 तेहथुमको छथर गाउँपालिका-१ आदिममा भ्रूण हत्या गरेको आरोपमा आमाछोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भूण हत्या गरेको आरोपमा सोही स्थानका २० बर्षीया दालमु शेर्पा र उनकी आमा ४५ वर्षीया कल्पना शेपलाई पक्राउ गरिएको हो । छोरी दालमु शेर्पाको गर्भमा रहेको भृण हत्या गरेको आशंकामा स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी शुक्रबारेबाट गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले भ्रूण हत्या गरेर नजिकै रहेको उतिसघारीमा खाल्डो खनेर ढुंगा, माटोले पुरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेहथुमबाट गएको प्रहरीको टोलीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको थियो । घटना। सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेहथुमले जनाएको छ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Jhapa

0 Comments