Incident Reports

गाउँपालिकाका अध्यक्षमाथि आक्रमण, चार प्रहरी नियन्त्रणमा

2019-04-02

Sudurpashchim, Baitadi, Pancheshwar

बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् । उनीहरुलाई गए राति हातपात भएको ठाउँ नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले जानकारी दिए । मङ्गलबार रोडीदेवलदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किदै गर्दा पाँच÷छ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताएका थिए । सडकको विषयमा छलफल गरेर वडा नं ४ का अध्यक्षसँगै फर्किरहेको बेला मङ्गलबार अपराह्न ४ः३० बजेतिर  एक्कासि अध्यक्ष चन्दमाथि हातपात भएको जनाइएको छ । सडकको विषयमा विवाद हुँदा अध्यक्ष चन्दमाथि हातपात भएको बताइएको छ । अध्यक्ष चन्दले भने सडकका विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् । अध्यक्षसँगै रहेका वडाध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममा बीच जङ्गलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र घटनाका विषयमा आज दुवै पक्षबीच छलफल हुने बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए । उनले भने, “अहिले नै के कति कारणले घटना भयो भनेर भन्न सकिने अवस्था छैन, दुवै पक्षको छलफलपछि सबै कुरा थाहा हुन्छ ।”जनप्रतिनिधिमाथि नै आक्रमण हुन थालेपछि यहाँका जनप्रतिनिधिले असुरक्षित भएको महसुस भएको बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments

Related Reports