Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-04

Bagmati, Bhaktapur, Changunarayan, Ward 8

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुरगढी गाउँपालिका ५ घर भई हाल चाँगुनारायण नगरपालिका ८ बस्ने गुरु, रोशन भन्ने हिरामणी घिमिरेलाई चैत २१ गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १९ गते बलात्कार गरेको भनी पीडितका आफन्तले सोही दिन महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोख्रेलले बताए ।

पीडितबाट जोहरी आएलगत्तै प्रहरीको टोली १९ गते नै घटनास्थल पुग्दा घिमिरे फरार भएको र खोजी गर्ने क्रममा रसुवाको कालिका गाउँपालिका ३ कटुन्जे स्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा स्थानीय प्रहरीको सहयोगमा गिरफ्तार गरेको उनले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १९ गते प्रसूति गृह थापाथलीमा गरिएको प्रहरीले जनाएको छ ।

सविना केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Siraha

0 Comments