2019-04-12
२९ चैत, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शुक्रबार वीरगञ्जमा प्रदर्शन गरेको छ । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति पर्साको आह्वानमा वीरगञ्जमा प्रदर्शन गरिएको हो ।
वीरगञ्जको घण्टाघरबाट शुरु भएको प्रदर्शन माइस्थान, आदर्शनगर हुँदै पूनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको राजपाका सह महासचिव नेजामुद्धिन समानीले जानकारी दिए ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नुपर्ने, संविधान संशोधनको माग पूरा गर्नुपर्नेलगायत माग राखेर प्रदर्शन गरिएको उनको भनाई छ ।
प्रदर्शनकारीले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, रेशम चौधरीलगायत आन्दोलनकारीलाई तत्काल रिहा गर, आन्दोलनकारी माथिको मुद्धा फिर्ता गर, भ्रष्टाचारी, कालोबजारी, महंगी, अन्त्य गर जस्ता नारा लगाएका थिए ।
राजपाका केन्द्रीय तथा स्थानीय नेताहरुले घण्टाघरमा आयोजित कोणसभामा मन्तव्य राखेका थिए ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Madhes-based Parties |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |