Incident Reports

रौतहटमा कांग्रेस र एमाओवादी झडप, १६ घाइते

2013-11-20

रौतहट, मंसिर ५ - रौतहटको शितलपुर वैरगनिया गाविसमा बुधबार बिहान कांग्रेस र एमाओवादीबीच झडपमा १६ जना घाइते भएका छन् । एमाओवादीको ९ जना र कांग्रेसको ७ जना घाइते छन् । दुई जनाको अवस्था चिन्ताजनक छ । कांग्रेसलाई किन भोट निदएको भन्दै एमाओवादी समर्थकलाई धम्क्याएपछि झडप सुरु भएको हो । घाइतेहरुलाई बंकुल प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

0 Comments

Related Reports