Incident Reports

किशोरमाथि अप्राकृतिक मैथुन गरेको आरोपमा एक भारतीय पक्राउ

2019-04-12

Bagmati, Lalitpur, Mahalaxmi

ललितपुर : बोल्न नसक्ने १७ वर्षीय किशोर अप्राकृतिक मैथुनबाट पीडित भएका छन्। यी बालकलाई प्रत्येक पटक दुईदेखि तीन सय रुपैयाँ दिएर अप्राकृतिक मैथुन गर्दै आएको पाइएको छ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार १७ वर्षीय बालकलाई बारम्बार अप्राकृतिक मैथुन गरेको आरोपमा भारतीय नागरिक किशोर दास पक्राउ परेका हुन्। ४५ वर्षीय दासलाई चैत अन्तिम साता पक्राउ गरिएको हो।

भारत विहार सितामढी जिल्ला मेजरगंज थाना घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका लामाटार बस्दै आएका दासले सोही क्षेत्रमा बस्ने बालकलाई अप्राकृतिक मैथुन गर्दै आएको उजुरीका आधारमा पक्राउ गरिएको हो। बालकले सुरुमा प्रतिकार गरेपनि पछि आर्थिक प्रलोभनमा परेको प्रहरीको भनाइ छ। 

‘बालक राम्ररी बोल्न सक्दैनन्’ मिश्रले भने, ‘घरमा कोही नभएको समयमा गएर दासले बालकसँग अप्राकृतिक मैथुन गर्ने गरेको खुलेको छ।’ 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis