Incident Reports

मानवअधिकार आयोग र इन्सेकको सयुक्त आयोजनामा पर्यबेक्षेकहरूसँग अन्तरक्रिया कार्यक्रम

2013-11-17

NatiBabu Dhital सिन्धुपाल्चोक । ०७० मङ्सिर ३ गते, राष्ट्रिय मानवअधिकार आयोग र इन्सेक जिल्ला प्रतिनिधिको संयुक्त आयोजनामा मङ्सिर २ गते निर्वाचन पर्यवेक्षेकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाको विभिन्न निर्वाचन केन्द्रमा पर्यवेक्षण गर्ने संस्थाका प्रमुख, प्रतिनिधि र पर्यवेक्षकसहित एमाओवादी, नेपाली काङ्गेस, नेकपा एमाले, राप्रपा, नेकपा माले का जिल्ला नेताहरूको समेत उपस्थिति रहेको थियो । संविधान सभा निर्वाचन २०७० मा पर्यवक्षकको भूमिकामा रहेका सबै पर्यवेक्षकहरूसँग समन्वय गर्ने उदेश्यले आयोजना गरिएको सो कार्यक्रमले सबै मतदान केन्द्रहरूमा खटिएका बुथ पर्यवेक्षकहरूसँग सबै सङ्घ संस्थाका प्रमुखले समन्वयलाई व्यवस्थित बनाउने संरचना निर्माण गरिएको छ । संविधान सभा निर्वाचनका लागि जिल्लामा नियोकले १ सय २२ जना, आम निर्वाचन पर्यवेक्षण समितिले ५५ जना, लोकतान्त्रिक गैसस महासङ्घले सात जना, इन्सेकले दुई जना, राष्ट्रिय युवा महासङ्घले ३० जना गरी २ सय १६ जना पर्यवेक्षक परिचालित हुँदै छन् । कायक्रम आयोगका सचिव बेदप्रसाद भट्टराईको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो नातिबाबु धिताल

0 Comments

Related Reports
Related Trend Analysis