Incident Reports

सामूहिक बलात्कार घटनाका अरोपित गिरफ्तार

2019-05-18

Madhes, Saptari, Rupani, Ward 6

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितमध्ये प्रहरीले रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने वेदप्रकाश मण्डललाई जेठ ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता माविमा जेठ ४ गते राति आरोपितसमेत सात जनाले सामूहिक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ५ गते उजुरी दिएकी छिन् । अन्य आरोपित फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ ५ गते गरिएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments