Incident Reports

नागरिकता बनाउन माग गर्दा खुर्पा प्रहार, आरोपित बाबु गिरफ्तार

2019-06-03

Bagmati, Dhading, Nilakantha, Ward 14

१८ वर्षीया सुनिता वस्तीलाई खुर्पा प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले नीलकण्ठ नगरपालिका-१४ धुवाकोट अम्वोटेका ४० वर्षीय बाबु बाबुराम वस्तीलाई जेठ २० गते गिरफ्तार गरेको छ ।

नीलकण्ठ नागरपालिका-१४ धुवाकोट अम्वोटे घर भई हेटौँडामा मजदुरी गरेर बस्ने आमासँग बस्दै आएकी सुनितालाई नेपाली नागरिकता बनाउन माग गर्दा वस्तीले कुटपिट गरेका हुन् ।


आफ्नो र आमाको नागरिकता बनाउनका लागि आग्रह गर्दा उक्त विषयमा विवाद भएपछि बाबुले आमा छोरी दुवैलाई गाली गर्दै आक्रमण गरेपछि घरको आँगनमा रहेको खुर्पा छोरीमाथि प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनायो ।


आरोपितले पत्नी सरीता र छोरी सुनितालाई आक्रमण गरेको र आक्रमणमा छोरीमाथि खुर्पा प्रहार गरी ज्यान मार्ने कोशिस गरेको भन्दै आरोपितविरूद्ध सरीताले जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार बैदवारले बताए ।


घटनामा घाइते भएकी सुनिताको जेठ २० गते जिल्ला अस्पताल धादिङवेशीमा सामान्य उपचारपछि थप उपचार काठमाडौँ शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको प्रहरीले जनाएको छ ।



सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC , National/Online Media , Police website

0 Comments