Incident Reports

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

2019-06-04

Bagmati, Lalitpur, Bagmati

काठमाडौं- ललितपुरको फुर्के डाँडा प्राविका प्रधानाध्यापक राम नारायण यादवलाई प्रहरी पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त चापागाउँले कक्षा ३ मा अध्ययनरत ८ बर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका आरोपमा पक्राउ गरेको हो। ललितपुरको बाग्मती गाउँपालिकास्थित फुर्के डाँडा प्राविमा अध्ययनरत ती बालिकालाई प्रधानाध्यापक यादवले कक्षामा कोही नभएको मौका पारी यौन दुर्व्यवहार गरेको आरोप छ।

कक्षा ३ मा तीन जना विद्यार्थी अध्ययन गर्ने र जेठ १९ गते २ जना विद्यार्थी नआएको ती बालिका मात्रै पढ्न आएको बखरतमा प्रधानाध्यापक यादवले दर्व्यवहार गरेको स्थानीय प्रहरी चौकीमा उजुरी परेको थियो। स्थानीय प्रहरी चौकीले मिलाउने प्रयास गरेको भन्दै आफन्तहरुले चापागाउँ प्रहरी चौकीमा उजुरी गरेपछि यादवलाई पक्राउ गरी अहिले चापागाउँ ल्याइएको पीडितका आफन्तले बताएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments