Incident Reports

इलाका प्रहरीसँगै रहेको नगरपालिका कार्यालयमा बम बिस्फोट

2019-06-12

Madhes, Dhanusha, Dhanusadham, Ward 3

धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ। बुधबार राति साढे ९ बजेतिर नगरपालिका कार्यालयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

राति नै बिस्फोटको आवाज आएको तर खोजतलास गर्दा केही नभेटिएको भएपनि बिहीबार बिहान मात्रै प्रेसर कुकर बम बिस्फोट भएको पुष्टि भएको हो। घटनास्थलमा कुकरको सिठी फेला परेको छ। इलाका प्रहरी कार्यालय धनुषाधामसँगै रहेको नगरपालिका कार्यालयमा भएको बिस्फोटबाट पर्खालमा क्षति हुनुका साथै सभा हलको भित्ता भत्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय धनुषाधाम र नगरपालिकाको कार्यालय करिब ४० मिटरको दुरीमा पर्छन्। बिस्फोटको हालसम्म कसैले जिम्मला नलिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , Local Newspaper - Rupandehi , Local Newspaper - Dhanusha

0 Comments