Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-06-12

Madhes, Saptari, Surunga

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुरूङ्गा नपा–२ स्थित जनता आधारभूत विद्यालय भेडियामा अध्यापनरत निमावि राहत शिक्षक बोदे बसाईन नपा–१० का ४० वर्षीय शिक्षक पशुपतिकुमार यादवलाई प्रहरीले जेठ २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले हिम्मत गर्दा महिनौँ दिनदेखि विद्यालयले ढाकछोप गर्दै आएको उक्त घटना बाहिर आएपछि शिक्षक गिरफ्तार भएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठले बताए ।

पीडित बालिकाको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाले बाल यौन दुर्व्यवहारको उजुरी दर्ता गरी यादवलाई गिरफ्तार गरेको र अर्का आरोपित शिक्षक सिरहा लहान नपाका ३५ वर्षीय रामकृष्ण यादव फरार रहेको इन्स्पेक्टर श्रेष्ठले बताए ।

विद्यालयमा अध्ययनरत छात्राहरूलाई कक्षा कोठा र कोचिङ कक्षामा पढाउने शिक्षकद्वयले संवेदनशील अङ्गहरू समाउने, छुने, चिमोटने, लुगा तान्ने, गाला जोडने जस्ता यौन दुर्व्यवहार गर्दै आएको पीडित बालिकाले बताइन् ।

उजुरी दिने बालिकाका साथै अन्य बालिकाहरूले समेत घटना बुझ्न पुगेका एसपी मनोजकुमार यादवसमक्ष आरोपितहरूविरूद्ध सोही किसिमको बयान दिएपछि कारवाही प्रक्रिया अगाडि बढेको हो ।

पीडित छात्राहरूले अभिभावकलाई घटनाबारे जानकारी गराएपछि ०७५ चैत १३ गते विद्यालय व्यवस्थापन समिति, शिक्षकहरू र स्थानीय जनप्रतिनिधिसहित गाउँमै बसेको बैठकले आरोपितहरूलाई १५ दिनभित्र सरूवा भई अन्यत्र जान निर्देशन दिएको थियो ।

कारवाही भई सजाय भोग्नु पर्ने आरोपित शिक्षकहरूले दुई महिनाभित्र सरूवा भई जाने समय माग गरेकोमा प्रधानाध्यापक रमानन्द चौधरीसहित स्थानीय जनप्रतिनिधिहरूले समेत सहमति जनाएपछि कारवाहीको साटो सरूवामा नै चित्त बुझाई यसअघि उजुरी नगरेको अभिभावकहरूले बताए ।

दुई महिनापछि पनि सरूवाको साटो गोडा ढोगेर शिक्षकहरू माफी माग्न आएपछि अभिभावकहरूले नमान्दा घटना बाहिर आएको हो ।

आरोपितहरूलाई कारवाही गर्न प्रधानाध्यापक चौधरीलाई पटकपटक भने पनि प्रधानाध्यापक चौधरीसहित शिक्षकहरू र राजनीतिक दलका स्थानीय प्रतिनिधिहरूले संरक्षण गरी जोगाउन खोजेको बताए ।

अध्यापनरत निमावि राहत शिक्षकद्वयले बालबालिका हिंसासम्बन्धी कुनै अनैतिक कार्य गरेमा त्यसै दिनदेखि अवकाश दिने लिखित निर्णय समेत जेठ २४ गतेको अर्को एक भेलाले गरेको प्रमाण सुरक्षित रहेको स्थानीय बाल क्लबले जनाएको छ ।

आफ्ना छात्राहरूलाई बाल यौन दुर्व्यवहार गरेको आरोप लागी गिरफ्तार शिक्षकले भने आरोप झुठा रहेको बताए ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Jhapa

0 Comments