Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-08

Madhes, Saptari, Kanchanrup, Ward 11

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको पीडितले आरोपितले आरोप लगाएकी छन् ।

पीडित बालिकाले पेट दुख्ने गरेको बताएपछि उनकी आमाले उपचारका लागि जेठ २७ गते कञ्चनरूप नपा–११ स्थित धर्मेश्वर अस्पताल ठेलिया लगेकी थिइन् । अस्पतालका चिकित्सकहरूले चेकजाँच गर्दा बलात्कारको शङ्का लागि प्रहरीलाई खबर गरेको थियो ।

खबर पाए लगत्तै अस्पताल पुगेका इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी मकेन्द्रकुमार मिश्राले पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पतालमा जेठ २७ गते गराएको बताए ।

आरोपितविरूद्धको उजुरी दर्ता गर्दै आरोपित बालकलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी मिश्राले बताए ।

बालकले भने पीडितको योनीमा दुई पटक औँला मात्र छिराएको बताए । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा २१९ को उपदफा २ को (ग) अनुसार अन्य कुनै बस्तु योनीमा प्रवेश गराएमा पनि बलात्कार गरेको मानिन्छ ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments