Incident Reports

NC, UML Accuse UCPN-M of Obstructing Election Campaign

2013-10-18

Lumbini, Rukum East, Sani Bheri

Rukum, UCPN-M le chunabi karyakram ma aabarodh gareko NC, UML ko aaroop. Rukum/October 20, NC and UML Rukum have accused UCPN-M cadres of obstructing their election campaign in the village. NC candidate from constituency no. 2 Gopalji Jung Sah said that the UCPN-M cadres obstructed their election campaign organized in Duli VDC on October 18 saying that the village was their base. Likewise, UML secretariat member Kalyani Khadka complained that UCPN-M cadres tore their posters. Meanwhile, UCPN-M constituency no. 2 Constituent Assembly election campaign chief Gopal Sharma refuted the accusation saying that they had not obstructed the NC, UML campaigns. UCPN-M cadres had looted the election materials of NC from Chhiwang VDC on October 17. NC Rukum said that the UCPN-M had not refrained from such activities. Adarsh KC रुकुम । ०७० कात्तिक ३ गते, आसन्न संविधानसभाको चुनावको गाउँ केन्द्रित प्रचार/प्रसार कार्यक्रमको लागि गाउँ पुगेको अवस्थामा एमाओवादीका कार्यकर्ताहरूले अवरोध गरेको नेपाली काङ्ग्रेस र नेकपा एमाले रुकुमले आरोप लगाएका छन् । नेपाली काग्रेसका क्षेत्र न २ का प्रत्यक्ष उम्मेदवार गोपाल जी जंग शाहले दुली गाविसमा कात्तिक १ गते आयोजना गरिएको कार्यक्रममा आफूहरूलाई आफ्नो आधार इलाका भएको भन्दै उक्त गाविसमा प्रवेश गर्त एमाओवादीले अवरोध गरेको बताए । गाविसमा प्रवेश गर्ने नाकामा आएर बसेका रहेछन् थप खतरा हुने भएपछि त्यहाँको कार्यक्रम नै स्थगित गरेको शाहले बताए । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै एमाओवादीका क्षेत्र न २ का प्रत्यक्ष तर्फका उम्मेदवार जनार्दन शर्मालाई यसखाले कार्य नगर्न आफूले जानकारी गराएको समेत शाहले बताए । यसैगरी, नेकपा एमालेले पनि प्रचारमा विभिन्न बाहनामा एमाओावदीका कार्यकर्ताले अवरोध गर्दै आएको बताएको छ । सचिवालय सदस्य कल्यानी खड्काले प्रचार पोस्टरहरू एमाओवादीका कार्यकर्ताहरूले गाउँमा च्यातिदिने गरेको बताइन् । उनले भनिन्- "कार्यकर्ताहरू भेला गरी अवस्थालाई उत्तेजित बनाउने लगाएतका कार्यहरू गरेको उनको आरोप छ । दुई ओटा क्षेत्र भएको रुकुममा क्षेत्र नं. २ मा अवस्था सुरक्षाको दृष्टिकोणले निकै चुनौतिपुर्ण रहेको काङ्ग्रेस एमालेका नेताहरूले बताएका छन् । यस विषयमा एमाओवादीका क्षेत्र नं. २ का संबिधानसभा प्रचार प्रमुख गोपाल शर्माले आफूहरूको कुनै अवरोध नभइ आरोप मात्र भएको बताए । असोज ३१ गते प्रचारको लागि गाउँ लैजादै गरेको नेपाली काङ्ग्रेसका प्रचार सामाग्रीहरू छिवाङ गाविसबाट एमाओवादी कार्यकर्ताहरूले लुटेका थिए । यस्ता गतिविधिहरूलाई रोक्ने भन्दा पनि अझ निरन्तरता दिएको काङ्ग्रेस एमालेको आरोप छ । रुकुमको अर्मामा कात्तिक १ गते राति मेलामा भएको विवादलाई राजनीतिकरण गरी एमाओवादीले आफ्ना कार्यकर्ताहरूलाई विनाकारण कात्तिक २ गते प्रहरीलाई बुझाएको घटना आपत्तिजनक भएको एमाले रुकुमले बताएको छ । गम्भीर प्रकृतिका अपराध गर्नेलाई प्रहरी प्रशासनले गिरफ्तार गर्दैन । तर, एमाओवादीले जे भन्छ, त्यही गर्छ दुवै पार्टीको आरोप छ । आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis