Incident Reports

ट्रक आगजनी गरेको आरोपमा विप्लव समूहका कार्यकर्ता गिरफ्तार

2019-07-03

Bagmati, Kathmandu, Tarakeshwor, Ward 6

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले असार १७ गते गिरफ्तार गरेको छ । काठमाडौँ जिल्ला तारकेश्वर नपा–६ का ४२ वर्षीय सागर तिमल्सिनालाई काठमाडौँबाट असार १७ गते गिरफ्तार गरी नुवाकोट ल्याएर मुद्दा चलाएको हो ।

०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोलामा बा ४ ख ८५१६ नं को मिनिट्रक जलाएको आरोपमा तिमल्सिनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

नुवाकोट जिल्ला अदालतले ०७५ भदौ १५ गते मिनिट्रक जलाएको घटनामा संलग्नहरूलाई खोजी गर्न आदेश दिएको थियो ।

तिमल्सिनालाई जिल्ला अदालत नुवाकोटले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।


नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments