Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-07-03

Lumbini, Rupandehi, Butwal

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश रामपुर स्थायी घरभई बुटवल उमनपा बस्दै आएका ५० वर्षीय जलालउद्दिन मुसलमानलाई असार १८ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

आरोपि असार १८ गते भिक्षा माग्न बालिकाको घरमा पुगेको बेला बालिकाले घरमा कोही नभएको जानकारी दिएपछि आरोपितले चामल मागेको र चामल दिने क्रममा यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुबाले असार १८ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडितपक्षको उजुरीका आधारमा प्रहरीले गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी भिमलाल भट्टराईले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १८ गते लुम्बिनी अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments