Incident Reports

गोली प्रहारबाट वडा सदस्य घाइते

2019-07-03

Bagmati, Dhading, Benighat Rorang, Ward 8

बेनीघाट रोराङ गाउँपालिका-८ का वडा सदस्य ३५ वर्षीय रामजी चेपाङलाई असार १८ गते राप्ति नगरपालिका-१३ चितवनका इन्द्रकुमार चेपाङले गोली प्रहार गरी घाइते बनाएको नेपाल चेपाङ सङ्घका जिल्ला अध्यक्ष भिमबहादुर चेपाङले बताए ।

गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भीर चोट लागेको छ । चेपाङलाई काठमाडौँस्थित नर्भिक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको र चेपाङको अवस्था गम्भीर रहेको गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताए ।

एक महिना पहिले दुई जना बालिकालाई बलात्कार गरी फरार रहेका इन्द्रबहादुरलाई खोजी गरेको भएपनि प्रहरीले फेला पारेको थिएन ।

उनीमथि चितवनको कान्दास्थित कुमार बलराम छात्राबासमा बस्ने व्यक्तिलाई मरणासन्न हुने गरी कुटपिट गरेको, गाउँमा त्रास, धम्की देखाउने र स्थानीयलाई त्रसित बनाउने गरेको भन्ने उजुरीका आधारमा गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय धादिङको टोली परिचालित भइसकेको सो कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।

वैदेशिक रोजगारीबाट फर्किएका चेपाङको आपराधिक क्रियाकलाप बढ्दै गएको स्थानीयको आरोप छ । ओडारमै बस्ने ओडारमै खाने चेपाङलाई प्रहरीले खोजतलास गर्दा उनी बस्ने ओढार पत्ता लागेको तर व्यक्ति फेला पार्न नसकेको प्रहरीले जनाएको छ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
INSEC

0 Comments

Related Reports