Incident Reports

धनुषामा शिक्षकमाथि 'सिरिन्ज' आक्रमण,

2019-07-04

Madhes, Dhanusha, Dhanusadham

जनकपुर - काठमाडौंमा सिरिन्ज आक्रमणको त्रास बढीरहेका बेला यस्तै प्रकृतीको घटना तराइको जिल्ला धनुषामा पनि घटेको छ। बिहीबार बिहान विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले धारिलो बस्तुले घोचेर फरार भएका छन्। उनीमाथि सिरिन्ज आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ।

अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो बस्तुले घोचिएको हो। बलुवा खोलामा निर्माणाधिन पुलको छेउमा पुगेपछि अधिकारीमाथि एक युवकले अपशब्द बोल्दै सुइजस्तो तिखो धार भएको बस्तुले घोचेको उनले बताए।

पुलकाे पारीपट्टी माेटरसाइकल राेकेर दुइ जना बसेका थिए। केही इसारा गरेपछि मैले मोटरसाइकल रोके, घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले नागरिकसँग भने, ‘मेरो मोटरसाइकल रोकिने वित्तिकै ...'हिरो बन्ता है' भन्दै दाहिने पाखुरामा घोचिदियो।’

धारिलो बस्तुले घोचेपछि एकछिन आँखै देख्न बन्द भएको उनले बताए। मैले समाचारमा पढेको थिए यस्तो घटना। आफै त्यसको सिकार भइयो। एकछिन त आँखै देखिँन। सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागीसकेका थिए।

उनले भने, ‘मेरो पाखुरामा घोच्ने बित्तिकै रोग सा-यो कि ! भनेर डराएँ। मलाई घोच्नेले चल रे चल.. भन्दै बी आर ३०... लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर टाप कसे’। खोला वारी धेरै मान्छे रहेको र पारी पनि बाटोमा फाटफुट हिँडिरहेको अवस्थामा दिनदहाडै गरेको आक्रमण सर्वसधारणको लागि ठूलो सुरक्षा चुनौति देखिएको भन्दै उनले अपराधीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न प्रहरीसँग माग गरे।

यता, प्रहरीले अपराधीको खोजी कार्य जारी राखेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी शेखर खनालले सर्वसधारणलाई पनि त्यस्तो प्रवृतिको मानिस देखिए तत्काल नजिकको प्रहरी निकायमा खबर गरिदिन आग्रह गरे।

केही दिन अघिसम्म काठमाडौंका विभिन्न ठाउँमा यस्तै धारिलो बस्तुले घोचेका घटना बाहिर आएपछि त्रास फैलिएको थियो। यो प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 00
National/Online Media

0 Comments

Related Reports