Incident Reports

YCL Member Thrashes Teacher

2013-11-24

Lumbini, Rukum East, Banfikot

Rukum, YCL karyekarta bata shichhak kutiye. Rukum/November 25 Acting Principal of Birendra Higher Secondary School Birbhan Puri has been beaten up by YCL member of Baphikot Dipak Bista at his office on November 24. According to the school, Bista thrashed Puri following dispute over the mark sheet of grade 12. Nepal Teacher's Association, Nepal National Teacher's Organization and Nepal Teacher's Union protested the incident. The teacher's organizations have demanded action against the culprit. Demanding action against the perpetrator, the teachers have warned of strong protests in a press statement on November 25. Puri has filed a complaint at the Area Police Office Baphikot on November 25 stating that he was deliberately attacked. The victim is advisor to the UML-affiliated Teacher's Association. Adarsh KC रूकुम । ०७० मङ्सिर १० गते वीरेन्द्र उच्च माविका निमित्त प्रार्चाय वीरभान पुरीलाई वाईसीएल बाफीकोटका सदस्य दीपक बिष्टले मङ्सिर ९ गते कार्यकक्षमै कुटपिट गरेका छन् । कक्षा १२ को मार्गसिट लिने बाहानामा प्रअ पुरीसँग अनावश्यक विवाद गरी विष्टले कुटपिट गरेको विद्यालयले जनाएको छ । पुरीलाई कुटपिट गरेको घटनाप्रति नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र नेपाल शिक्षक युनियन रूकुमले विरोध जनाएका छन् । कार्यकक्षमा शिक्षक कुटिनु शिक्षकहरूको गम्भीर अपमान भएको भन्दै शिक्षक सङ्गठनहरूले विज्ञप्ती मार्फ दोषीलाई कार्बाहीको माग गरेका छन् । मङ्सिर १० गते जारी विज्ञप्तिमा कुटपिटमा सम्लग्नलाई कानुनी दायरामा नल्याए कडा आन्दोलनमा उत्रिने शिक्षकहरूले चेतावनी दिएका छन् । शिक्षक पुरीले आफूलाई नियोजित रूपमा आक्रमण भएको भन्दै इलाका प्रहरी कार्यालय बाफीकोटमा मङ्सिर १० गते उजुरी दिएका छन् । पुरी एमाले निकट शिक्षक सङगठनका सल्लाहकार समेत रहेका छन् । आदर्श के.सी

0 Comments