Incident Reports

तिलोत्तमा नगरपालिकामा बुद्धका मूर्ति तोडफोड 

2019-07-18

Lumbini, Rupandehi, Tillotama

बुटवल — रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्घ मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको  शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्तिमा तोडफोड भएको हो ।बुधबार साँझसम्म साविक अवस्थामा रहेका मूर्ति बिहान तोडफोड भएको नगरप्रमुख बासुदेव घिमिरेले बताए। मूर्ति कसले किन तोडेको हो भन्नेबारे पत्ता लागेको छैन। अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।एउटामूर्तिको तौल नै १ सय १० किलो छ। ठूलो समूह नै लागेर मूर्ति तोडफोड गरेको हुनसक्ने स्थानीयको आशंका छ। प्रकाशित : श्रावण २, २०७६ ०९:१९पाल्पा — डिभिजन सडक कार्यालय पाल्पाको लापरवाहीले सिद्धार्थ राजमार्गमा यात्रुहरु एक सातादेखि हैरानी खेप्न बाध्य भएका छन् ।समयमा पहिरो सफा नगर्ने र दैनिक ४–५ घण्टासम्म राजमार्ग बन्द गर्दा यात्रु अलपत्र पर्ने गरेका हुन् । यात्रुहरु बाटोमा ५ घण्टासम्म बस्नु भन्दा ४ किलोमिटर पैदल यात्रा गर्न बाध्य भएका हुन् ।साता अघिको वर्षाले खसेरका पहिरो र ढुंगा पन्छाउन डिभिजन सडक कार्यालयको लापरवाहीले ढिला भएको हो । दैनिक सडक बन्द गर्ने र खोल्ने सूचनासमेत सही तरिकाले प्रवाह नगर्दा सयौं यात्रु बाटोमै दुःख पाउने गरेका हुन् ।एकतर्फी संचालनमा आएको राजमार्गलाई दुईतर्फी खोल्ने प्रयास गरेपनि काममा ढिलाइ गर्दा सयौं सवारी साधनको लाम लाग्ने गरेको छ । यात्रु तुलसी प्रसाद पाण्डेयले बिरामी र अशक्तलाई अत्यधिक समस्या हुने गरेको गुनासो गरे । तीन–चार जना बिरामी बोकाएर लैजान पनि नसकिने अवस्था रहने समस्या धेरैको देखिएको उनले बताए ।यात्रु ५ घण्टा सडकमा बस्नु भन्दा ५ किलोमिटरसम्म पैदल हिडने गरेका छन् । डिभिजनले ढुंगा फोर्न र सडक दुईतर्फी संचालन गर्न भन्दौ बिहान १० बजेदेखि ३ बजेसम्म बन्द गरेर डोजर, स्काभेटर, ब्रेकर लगाउने गरेको छ ।दुबैतर्फका सवारीसाधन रोकी सडक छेउछाउको पहिरो र ढुङ्गा हटाउन लागेको सडक डिभिजनका सूचना अधिकारी सौजन्य नेपालले बताए । वर्षायाम सुरु भएसँगै प्रत्येक वर्ष बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स क्षेत्र अत्यधिक जोखिम क्षेत्रका रुपमा लिइन्छ । त्यसबाहेक तल्लो र माथिल्लो सिद्धबाबा क्षेत्र, झुम्सा, केराबारी लगायतका क्षेत्रमा पनि पहिरो र ढुंगा खसेको छ ।प्रकाशित : श्रावण २, २०७६ ०९:१५

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Buddhist
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Rupandehi

0 Comments

Related Reports