Incident Reports

धनगढीमा शक्तिशाली बम विष्फोट, ५ जना घाइते

2019-07-18

Sudurpashchim, Kailali, Dhangadhi, Ward 3

२ साउन, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह,  कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् ।

स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् ।

घटनास्थलबाट बरामद पेस्तोल ।

प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।

घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा विप्लव समूहको संलग्नता देखाएको छ । घाइते मध्ये सिंह र सेरला विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ ।

उनीहरूले नै बोकेर ल्याएको कन्टेनर विष्फोट भएको अनुसन्धानबाट खुलेको छ । ‘एक्सिडेन्ट्ली घट्ना भएको जस्तो देखिन्छ । विस्तृत अनुसन्धान भइरहेको छ’, एसपी गिरीले अनलाइनखबरसँग भने ।

..........

विष्फोटनमा परी १ जनाको मृत्यु, ४ जना घाइते

कैलाली, ३ साउन

     धनगढी उपमहानगरपालिका-४ स्थित निलम होटल बाहिर बिहीबार राति हाल नाम नखुलेको बिस्फोटक पदार्थ बिष्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

विष्फोटनामा परी गम्भीर घाइते भएका बझाङ जयपृथ्वी नगरपालिका-१ कैलाश बस्ने २५ वर्षीय रामबहादुर सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै विष्फोटनमा परी घाइते भएका उक्त होटलका संचालक धनगढी उपमहानगरपालिका-३ बस्ने ४० वर्षीय केशबराज पाण्डे, कञ्चनपुर बेल्डाडी नगरपालिका-५ बस्ने ३० वर्षीय लक्ष्मण सेराला, कैलाली धनगढी उपमहानगरपालिका-३ बिशालनगर बस्ने ३८ वर्षीय जितेन्द्र यादब र भारतीय नागरिक धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने ३५ वर्षीय मोबिन खान सिंहको मायामेट्रो अस्पताल चटकपुर कैलालीमा उपचार भइरहेकोमा केशबराज पाण्डेलाई नेपालगंज रिफर गरिएको छ ।

केही व्यक्तिहरु उक्त होटलको टेबुलमा बसी चिया पिउँदै गरेको अवस्थामा विष्फोट भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि अस्ताल पठाएको थियो । साथै प्रहरीले सोही होटलको बाहिर चाईनिज पेस्तोल १ थान, से.७ प ३१४४ नम्बरको मोटरसाइकल, डायरी १ थान, रिमोट जस्तो देखिने बस्तु १ थान र टेस्टर १ थान समेत फेला पारेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 4
National/Online Media , Police website , Local Newspaper - Kailali , Local Newspaper - Banke , Local Newspaper - Kanchanpur , Local Newspaper - Saptari

0 Comments