Incident Reports

बलात्कारका आरोपितहरु थुनामा l

2013-11-25

Bagmati, Makawanpur, Hetauda

Pratap Bista एक महिला र अर्की बालिकालाई बलात्कार गरेको आरोपमा दुई जनालाई जिल्ला अदालत मकवानपुरले पर्ुपक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका मङ्सिर १० गते वसेको इजलाशले २४ वर्षीया बोल्न नसक्नेमहिलालाई बलात्कार गरेको आरोपमा हटिया गाविस-८ का २२ वर्षीय विक्रम घलानलाई थुनामा राख्ने आदेश जारी गरेको हो । कात्तिक ८ गते घरमा बसिरहेकी महिलालाई पानी खाने निहुँमा घर भित्र पसेर आरोपित घलानले बलात्कार गरेका थिए । यसैगरी, ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले हटिया गाविस-८ का ३८ वर्षीया रामप्रसाद भन्ने चन्द्रप्रसाद खतिवडालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । स्रेस्तेदार ज्ञवालीकेा मङसिर १० गतेनै बसेको इजलाशले बालिकालाई चकलेट दिएर फकाएर बलात्कार गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो । आरोपितले कात्तिक ७ गते बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा जाहेरी दिएको थियो । दुवै जनाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल मकवानपुरमा भएको थियो । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis