Incident Reports

District Member of CPN-M Arrested

2013-11-03

Province 1, Taplejung, Phungling

Taplejung, CPN-M jilla sadasya giraftaar. Taplejung/November 3 The district member of CPN-M Sagar Pandak has been arrested by the police on November 3 from the district headquters Phungling. He was arrested for being involved in anti-election activities. The other district leaders of CPN-Maoist Surendra Karki and Santosh Palungwa were released after enquiry by the police. The leaders and cadres of CPN-M have left the district headquarters after UCPN-M issued a press release saying that UCPN-M poll candidate Sanchapal Maden and cadres were attacked by CPN-M cadres in their election campaign. Dev Raj Gurung ताप्लेजुङ । ०७० कात्तिक १७ गते, नेकपा माओवादीका जिल्ला सदस्य सागर पन्दाकलाई प्रहरीले सदरमुकाम फुङलिङबाट गिरफ्तार गरेको छ । चुनाव विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा उनलाई गिरफ्तार गरिएको डिएसपी गोविन्द प्रसाद आचार्यले बताए । पन्दाकलाई अदालतद्वारा म्याद थप गरी प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यसअघि गिरफ्तार गरिएका माओवादी जिल्ला नेता सुरेन्द्र कार्की र सन्तोष पालुङवालाई सोधपुछ पछि रिहा गरेको छ । नेकपा माओवादीका जिल्ला इन्चार्ज सन्तोष पतंवा सुमनको नेतृत्वमा चुनावी प्रचारमा खटिएका एकिकृत नेकपा माओवादीका क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार सञ्चपाल मादेन र कार्यकतालाई आक्रमण गरी घाइते बनाएको एमाओवादीले प्रेश विज्ञप्ति निकालेपछि नेकपा माओवादीका नेता तथा जिम्मेवारी पदाधिकारीहरू सदरमुकाम छाडेर गाउँतिर लागेका छन् । मेहेले गाविस-२ मा भएको सो आक्रमणपछि प्रहरीले माओवादीका नेता तथा जिम्मेवार कार्यकर्तालाई गिरफ्तार गर्न थालेको छ । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis