Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2019-07-28

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

पोखरा मनपा-२१ का वडाध्यक्ष ५२ वर्षीय खगराज आचार्यलाई कुटपिट गरेको आरोपमा प्रहरीले पोखरा मनपा-२१ निर्मलपोखरी घर भइ हाल पोखरा मनपा-१७ छोरेपाटन बस्ने ५० वर्षीय दाताराम आचार्यलाई साउन १२ गते गिरफ्तार गरेको छ ।

पोखरा मनपा-७ स्थित राष्ट्रबैङ्क चोकमा साउन १२ गते जुस पिइरहेका बेला आरोपितले वडा अध्यक्ष आचार्यलाई एक्कासी कुटपिट गरेको आरोपमा दातारामलाई गिरफ्तार गरिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिए ।

'वडा कार्यालयबाट काम सकेर साथीहरूसहित जुस पसलमा आएर बसेका थियौँ । मादक पदार्थ सेवन गरी एक्कासी पछाडिबाट प्रहार भयो ।'-वडाअध्यक्ष आचार्यले भने ।

प्रहरीले आरोपितलाई गिरफ्तार गरेको भएपनि वडा अध्यक्ष आचार्यले भने आफूले प्रहरीमा उजुरी दर्ता नगरेको बताएका छन् ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Kaski

0 Comments

Related Reports