Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-10

Lumbini, Rupandehi, Sudhdhodhan, Ward 1

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुध्द्धोधन गाउँपालिका-१ का २० वर्षीय अजय कठरिया थारुलाई साउन २६ गते शुध्द्धोधनबाटै गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले साउन २५ गते बलात्कार गरेको भनी पीडित पक्षले साउन २६ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण साउन २६ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Rupandehi

0 Comments