Incident Reports

चुनावीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तार l

2013-11-08

Province 1, Morang, Biratnagar

Deepen Neupane मोरङ । ०७० कात्तिक २३ गते, विराटनगर उमनपा-१ निवासी नेकपा-माओवादी कोचिला राज्य समितिका सदस्य तथा विद्यार्थी इन्चार्ज जयराम सुन्दासलाई चुनावीविरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले कात्तिक २२ गते गिरफ्तार गरेको छ । सो पार्टीका जिल्ला सचिव लोचन धमलाका अनुसार, सुन्दासलाई विराटनगर उपमनपा-२ तीनपैनीस्थित जिल्ला कार्यालयमा काम सकेर बाहिर निस्कने क्रममा प्रहरीले बिनापूर्जी गिरफ्तार गरेको हो । सुन्दासको गिरफ्तारी नागरिकको राजनीति दलमा शान्तिपूर्ण रुपमा सहभागी जनाउने कानुनी अधिकारको खिलाफमा रहेको छ । यसले व्यक्तिको स्वतन्त्रताको हक छिनिएको छ । राज्य नाङ्गो रुपमा दमनमा उत्रिएको छ । जिल्ला प्रहरी प्रमुख विश्वराज पोखरेलले चुनावमा असर पर्ने गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएको बताए । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis