Incident Reports

आचारसंहिता मिच्दै एमाओवादीको सभा l

2013-11-09

Bagmati, Chitawan, Ratnanagar

Sabitri Sapkota चितवन । ०७० कात्तिक २३ गते निर्वाचन प्रचार प्रसारको क्रममा मेची महाकाली जागरण अभियानमा हिँडेको एमाओवादीले कात्तिक २३ गते संविधान सभा सदस्य निर्वाचन आचारसंहिता २०७० विपरीत चितवनमा सडक तथा सार्वजनीक स्थानमा नै कार्यक्रम गरेको छ। संविधानसभा सदस्य निर्बाचन आचारसंहिता २०७० को परिच्छेद २ को २६ मा स्पष्ट रुपमा सडकको आवागमन रोकिने गरी चुनावी कार्यक्रम गर्न नपाईने ब्यवस्था भए पनि एमाओवादीले त्यसको बेवास्था गर्दै सडकमा सभा गरेको हो । मेची महाकाली जागरण अभियान सञ्चालन गर्दै आएको एमाओवादीले सडक तर्फ फर्काएर सभा गर्ने र नेता तथा कार्यकर्ता हिँडेका सवारी साधन सडकमै पार्किङ गरेर आचारसंहितालाई वेवास्था गरेको हो । चितवनको रत्ननगर टाँडी बजार, खैरहनी पर्सा बजार र भरतपुरको केन्द्रिय बस टर्मिनल अगाडि माओवादीको सभा गर्दा सडक अबरुद्ध भई यातायातका साधन चल्न पाएनन् । प्रचण्ड आउने कार्यक्रमलाई अवरोध गर्ने भन्दै नेकपा-माओबादीले गरेको यातायात बन्दका कारण अघिल्ला दिनको तुलनामा कम चलेका सवारी साधन त्यसमाथि सडकलाई अवरोध गर्ने गरी भएको सभाको भिडभाडले यात्रुहरुले एक घण्टादेखि दुई घण्टासम्म सास्ती खेप्नुपरेको थियो । सभाको लागी पूर्वपश्चिम राजमार्गको छेउमा उत्तरबाट दक्षिण फर्किएको मञ्च भएकाले मञ्च अगाडि जम्मा भएका पार्टीका कार्यकर्ता तथा अरु रमितेहरुका कारण प्रचण्डको टोली नआउइपुग्दै टाँडी चोकमा यातायात संञ्चालन गर्न असजिलो परेको थियो । एमाओवादीका नेताहरु चढेका लगभग एक दर्जन जिप, कार, गाडीले बाटो ठप्प थियो । सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीका उतिनै मात्राका सवारी साधन र सयौँको संख्यामा ठूला ठूला झण्डा बोकेर पछि लागेका कार्यकर्ता चढेका मोटरसाईकल सडकमै रोकी कार्यक्रम सञ्चालन गर्दा पूर्वी चितवनको पर्सा बजार र रत्ननगरको टाँडी चोकमा एक घण्टा यातायात अवरुद्ध भएको थियो । अभियानको क्रममा आचारसंहिता विपरीत सडकमा कार्यक्रम गरी यातायात अबरुद्ध पारेको, धेरै सवारी साधन प्रयोग गरिएकोमा निर्वाचन आयोगको ध्यानाकर्ण भएको देखिएन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis