Incident Reports

मोबाइल चोरेको आरोपमा दुई घण्टासम्म निर्घात कुटपिट (भिडियो)

2019-08-14

Province 1, Morang, Budhiganga, Ward 4

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका ४ पोठियाका १७ वर्षीय एक किशोरलाई गाउँकै युवाहरूले दुई घण्टासम्म नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको घटना र त्यसको भिडियो सार्वजनिक भएको छ।

मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। नउसादमाथि बूढीगंगा ४ कै २२ वर्षीय सादीर मियाँ, २० वर्षीय अंसद मियाँ, १८ वर्षीय अफजल मियाँ र बूढीगंगा–५ का २१ वर्षीय आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको प्रहरीको भनाइ छ।

घटनाको भिडियो पनि बाहिरिएको छ। घटनामा संलग्नमध्ये अफजल मियाँले भिडियो खिचेको र अन्य तीन जनाले कुटपिट गरेको प्रहरीको भनाइ छ। मोबाइलबाट मोबाइल हुँदै भिडियो फैलिएको प्रहरीले जनाएको छ। दुई घण्टाभन्दा लामो भिडियोको सानो अंश यसरी ट्रान्सफर भएको थियो। गाली गलौज गर्दै कुटपिट गरिएको भिडियो दर्दनाक छ।

वडा अध्यक्षका छोराले बोलाएको भन्दै गत बिहीबार साँझ ५ बजे घरैबाट एक किलोमिटर जति पर चौरमा लगेर साँझ ७ बजेसम्म कुटपिट गरेको बुवा मोहम्मद अलिम मियाँले बताए। उनले अफजलले घरमै आएर छोरालाई बोलाएर लगेको जानकारी दिए।

भिडियोमा तीन जनाले कुटपिट गरेको देखिन्छ। अलिमले साथी–साथीबीचमा मोबाइल हेर्ने क्रममा आइतबार साँझ भिडियो बाहिरिएपछि घटनाका बारेमा परिवारले जानकारी पाएको बताए।

‘घटनाका बारेमा कोही कसैलाई भनेमा मारिदिन्छौं भन्ने धम्की दिएका रहेछन्,’ उनले भने, ‘ डरका कारण चार दिनसम्म घटनाका बारेमा छोराले सुनाएन।’ नउसादका ठूलो बुवा कलिमुद्धिन मियाँले घरमा लुगा धोइरहेका बेला बोलाएर लगेर भतिजमाथि सामूहिक आक्रमण गरिएको बताए। उनका अनुसार कुटपिटबाट ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

इलाका प्रहरी कार्यालय नेमुवाका सई जीवनकुमार गौतमले प्रहरीले पनि घटनाका बारेमा ढिलो गरेर जानकारी पाएको बताए। ‘भिडियो बाहिरिएपछि मात्रै घटनाका बारेमा चाल पाइयो,’ उनले भने, ‘त्यतिबेलासम्म घटनामा संलग्न फरार भइसकेका थिए।’ गौतमले घाइतेको विराट नर्सिङ होममा उपचार सुरु गरेर घटनामा संलग्नको खोजी भइरहेको जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media , INSEC

0 Comments

Related Reports