Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-08-11

Sudurpashchim, Darchula, Naugad, Ward 5

१४ वर्षीया बालिकालाई साउन २६ गते बलात्कार गरेको आरोपमा नौगाड गाउँपालिका-५ निवासी समैजी आधारभूत विद्यालयका शिक्षक २९ वर्षीय दानसिंह धामीलाई साउन ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित धामीलाई प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेम खडकाले बताए  ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३० गते जिल्ला अस्पतालमा गरिएको इन्स्पेक्टर खडकाले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments