Incident Reports

शङ्कास्पद बस्तु भेटिएपछि केहिबेर त्रास l

2013-11-12

Bagmati, Ramechhap, Manthali

Nawa Raj Pathik रामेछाप । ०७० कात्तिक २६ गते, जिल्ला सदरमुकाम मन्थली-८ स्थित करबोटमा ०७० कात्तिक २६ गते बिहान शङ्कास्पद बस्तु भेटिएपछि केही समय सो क्षेत्रको जनजीवन त्रसिद बनेको छ । करमबोटको झोलुङ्गे पुलमा बम जस्तो देखिने बस्तु फेला परेको थियो । स्थानीयले सो बस्तु पुलको नजिकै देखेपछि सुरक्षा निकायमा खबर गरेका थिए । मन्थलीबाट गएको नेपाली सेनाको टोलीले जाँच गर्दा सो बस्तु नक्कली बम भएको पुष्टि भएको थियो । सेनाले सो बस्तुलाई हटाएपछि त्यहाँको जनजीवन र आवागमन सामान्य बनेको छ । नवराज पथिक

0 Comments

Related Reports
Related Trend Analysis