Incident Reports

निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा एक माओवादी कार्यकर्ता गिरफ्तार l

2013-11-12

Province 1, Morang, Biratnagar

Deepen Neupane मोरङ । ०७० कात्तिक २६ गते, संविधानसभा सदस्य निर्वाचनविपरीत गतिविधि गरेको आरोपमा प्रहरीले एक जना नेकपा-माओवादीका जिल्ला सदस्यलाई कात्तिक २५ गते साँझ विराटनगरबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा सो पार्टीका जिल्ला कमिटीका सदस्य सर्जु मण्डल रहेका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी विश्वराज पोखरेलका अनुसार, उनलाई विराटनगर उमनपा-३ स्थित विराट नर्सिङहोमनजिकबाट निर्वाचन विरोधी शंकास्पद गतिविधि गरेकोले गिरफ्तार गरेको बताए । उनलाई सार्वजनिक मुद्दा अन्तर्गत कारबाही चलाएको छ । यसैबीच, नेकपा-माओवादीका जिल्ला सचिव लोचन धमलाले उनको गिरफ्तारीप्रति आपत्ति जनाएका छन् । शान्तिपूर्ण र निशस्त्र रुपमा हिंडडुल गर्न पाउने व्यक्तिको मौलिक अधिकार कुण्ठित हुने गरी प्रहरीले जथाभावी गिरफ्तार गरेर झूठा मुद्दा लगाएको सचिव धमलाको भनाइ छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis