Incident Reports

इटहरीमा पत्रकारको प्रदर्शन

2019-06-09

Province 1, Sunsari, Itahari

संसदमा मिडिया काउन्सिल विद्येयक दर्ता भएको र पत्रकारमाथि दुव्यर्वहार भएको विरुद्धमा नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र नेपाल पत्रकार महासंघ सनसरीले ईटहरीको मुख्य चोकमा मानव साङ्लो प्रदर्शन गरेको छ।

नेपाल पत्रकार महासंघ प्रदेशका महासचिव विवेक गौतमले संसदमा मिडिया काउन्सिल विधयक दर्ता गरेर सिंगो प्रेसलाई अंकुश लगाउन खोजिएको बताए।

उनले भने 'विधेयक पारित भए प्रेस संकटमा पर्नेछ, तत्काल विद्येयक संशोधन हुनुपर्दछ।' इटहरीमा स्वतन्त्रपुर्वक पत्रकारिता गर्न पाउने वातावरण नबने सम्म आन्दोलन जारी रहने बताईएको छ।

यसै बिच ईटहरीका नगर प्रमुख द्धारीकलाल चौधरीले पत्रकारमाथीदुर्व्यवहार गरेको विषयको छानबिन गर्न नेपाल पत्रकार महासंघ प्रदेश १ समितिद्वारा गठित छानविन समितिले काम सुरु गरेको छ ।

दुर्व्यवहारको सत्यतथ्य अध्ययन गर्न मोहनकाजीन्यौपानेको संयोजक रहेको ४ सदस्यीय समितिले शनिबार महासंघ सुनसरीद्वारा आयोजित बैठकमा दुर्व्यवहार र नगर प्रमुखको अभिव्यक्ति सम्बन्धमा जानकारीका साथै सुनसरीका पत्रकारहरुको राय सुझाव समेत संकलन गरेको हो ।

समितिले घटनाको बारेमा छानविन गरी सुझाव सहितको प्रतिवेदन महासंघ केन्द्रीय समितिलाई बुझाउने छ। नगर प्रमुखको - अभिव्यक्तीले ईटहरीमा असुरक्षा बढेको बताउँदै सुरक्षितपत्रकारिता गर्नेवातावरण तय हुनुपर्ने महासंघको माग छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people N
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Sunsari

0 Comments