Incident Reports

Clash between UCPN-M, NC

2013-11-13

Lumbini, Rolpa, Rolpa

Rolpa, UCPN-M ra NC karyakarta bich jhadap. Rolpa / November 13 A clash has occurred between UCPN-M and NC on November 13 at Sunwang of Dhawang VDC. The clash occurred as the UCPN-M cadres were holding a march past and NC cadres were in election campaign. According to NC, YCL cadres who were doing march past had attacked the cadres of Tarun Dal with sharp weapon. According to NC District Member Man Bahadur Khatri, the UCPN-M cadres attacked the NC cadres when they staying near a school. NC cadres Kailesh KC, Aaiteram Thapa were injured in the attack. The UCPN-M district member Puran KC said that NC cadres attacked them with spear when they were in door-to-door campaign. Mul Bahadur Roka, MotiLal Dangi, Kul Prasad Roka and Sahil Sunar were injured. Dharendra Dangi रोल्पा । ०७० कात्तिक २७ गते मार्चपास गर्दै गरेका एमाओवादीका वाईसीएल कार्यकर्ता र चुनावी प्रचारमा गएका नेपाली काङग्रेसका कार्यकर्ताबीचमा झडप हुँदा पाँच जना घाइते भएका छन् । धवाङ गाविस-१ सुनवाङमा दुई दलका कार्यकर्ताहरुबीचमा कात्तिक २७ गते झडप भएको हो । सदरमुकाम लिवाङ नजिकैको गाबिस धवाङ गाविस-८ भनभनेबाट एमाओवादी निकट दुई दर्जन बढी वाईसीएलका कार्यकर्ताहरुले डे्रससहित मार्चपास गर्दै धवाङ गाविस-१ सुनवाङमा पुग्दा त्यहाँ बसेका काङ्ग्रेस निकट तरुणदलका तीन कार्यकर्तालाई खुकुरी र भालाले आक्रमण गरी घाइते बनाएको काङ्ग्रेसले बताएको छ । नेपाली काङ्ग्रेसका जिल्ला सदस्य तथा धवाङ गाविसका सभापति मानबहादुर खत्रीले विद्यालय नजिक बसिरहेका तरुण दलका दुई कार्यकर्ताहरुलाई नियन्त्रणमा लिई आक्रमण भएको बताए । आक्रमणबाट धवाङ गाविस-३ का कांग्रेसका कार्यकर्ता कौशल केसी र वडा नं. १ सुनवाङका आइतराम थापा घाइते भएको काङ्ग्रेसले बताएको छ । खुकुरी र भालासहितका वाईसीएलले आक्रमण गरेको काङग्रेसको आरोप छ । यसैबीच, एमाओवादीका जिल्ला सदस्य पूरण केसी करेन्टले भने आफ्ना कार्यकर्ताहरु चुनावी प्रचारमा गएको बेलामा काङ्ग्रेसका कार्यकर्ताहरुले भाला प्रयोग गरी आक्रमणबाट मुलबहादुर रोका, मोतिलाल डाँगी, कुलप्रसाद रोका र साहिल सुनार घाइते भएको बताए । दिउँसो २ बजेतिर भएको झडपको खबर पाएपछि लिवाङबाट गएको प्रहरी र सशस्त्रका टोली बेलुकी मात्र घटनास्थलमा पुगेको थियो । घटना स्थलमा सर्म्पर्क हुन नसकेकोले रातीसम्म प्रहरी फर्केपछि मात्र विस्तृत विवरण आउने प्रहरी प्रमुख डिएसपी ओमबहादुर रानाले जानकारी दिए । प्रहरीले झडपमा घाइते भएका काङ्ग्रेसका कार्यकर्ताहरुलाई लिवाङतिर लिई रहेको बताएको छ । काङ्ग्रेसका कार्यकर्ताहरुलाई धम्क्याएर आक्रमण गरेका काङ्ग्रेसले जनाएको छ । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis