Incident Reports

बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला

2019-03-11

Province 1, Panchthar, Phidim, Ward 6

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा फिदिम नपा–६ का २४ वर्षीय प्रदिप मगरविरूद्ध भदौ ३१ गते जिल्ला अदालतले १४ वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश मोहन भट्टराईको एकल इजलासले कसुरदारवाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउन समेत फैसला गरेको अदालतले जनाएको छ । आरोपित ०७५ चैत २८ गतेदेखि पूर्पक्षका लागि जिल्ला कारागारमा रहेका थिए ।

पीडितलाई मगरले फागुन २७ गते बलात्कार गरेको भन्दै उनलाई चैत ४ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

पीडितका आफन्तले चैत ५ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो ।

मङ्गल बेघा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments