Incident Reports

नेपाली सेनाद्वारा शङ्काष्पद बस्तु निष्क्रिय l

2013-11-16

Lumbini, Bardiya, Madhuwan

Man Bahadur Chaudhary बर्दिया । ०७० मङ्सिर १ गते, बर्दियाको छुट्टा छुट्टै ठाउँमा भेटिएको शङ्काष्पद बस्तु मङ्सिर १ गते नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । मोतिपुर गाविस-८ बाँसगढी, गुलरिया नपा-६ स्थित नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार तथा जिल्ला सभापति सञ्जय गौतमको घर अगाडि सडकमा र ताराताल गाविस-५ भन्सार रोड स्थित प्रहरी चौकी ताराताल अगाडि कल्भर्ट माथि राखिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय गरेको हो । प्रहरीले उक्त शङ्काष्पद बस्तु कात्तिक २९ गते राति राखेको हुन सक्ने र विस्फोट नहुने अवस्थाको सकेट बम भएको जनाएको छ । गुलरिया स्थित रुद्रध्वज गण घ गुल्मबाट खटिएको टोलीले तीन ओटै ठाउँका शङ्काष्पद बस्तु निक्रिय पारेको हो । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय अनुसन्धान गरिरहेको जनाएको छ । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis