Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2019-10-08

Karnali, Kalikot, Kalika, Ward 1

शुभकालिका गाउँपालिका–१ की ३२ वर्षीया विमला वुढामगरलाई कुटपिट गरेको आरोपमा सोही वडाका अध्यक्षसमेत रहेका ३५ वर्षीय पति विरबहादुर बुढा मगरलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज २२ गते कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयको टोलीले गिरफ्तार गरी हिरासतमा रखेको कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामवावु वलियले बताएका छन् ।

जिल्ला सदरमुकाम मान्ममा हेटेल व्यवसाय गर्दै आएका वडाध्यक्ष मगरले राति अत्यधिक मदिरा सेवन गरी कुटपिट गरेको भन्दै राति नै प्रहरीमा मौखिक उजुरी दिएपछि प्रहरीले गिरफ्तार गरेको थियो । पीडित महिलाको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments