Incident Reports

वडा सदस्यले प्रहरी कुटे

2019-10-09

Gandaki, Syangja, Bhirkot, Ward 1

(गण्डकी) — स्याङ्जाको भीरकोटमा जनप्रतिनिधिले प्रहरीलाई कुटपिट गरेका छन् । भीरकोट नगरपालिका–१ का वडा सदस्य पूर्णबहादुर केसी (दार्सिङ् कान्छा) ले ड्युटीमा रहेको प्रहरीमाथि हातपात गरेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।

अत्यधिक मादक पदार्थ सेवन गरेका केसीले बुधबार राति मोटरसाइकलको हेल्मेटले प्रहार गर्दा प्रहरीको मोबाइल फोन (रेडियो सेट) समेत फुटेको उनले बताए । प्रहरीमाथि कुटपिट गर्ने केसीलाई पक्राउ गरिएको प्रजिअ निरौलाले कान्तिपुरलाई भने । जिल्ला अदालत बन्द भएका कारण उनलाई जिल्ला प्रशासन कार्यालयमा बिहीबार सार्वजानिक मुद्दामा म्याद थप गरिएको प्रहरीले बताएको छ ।

दहथुम प्रहरी चौकीको टोली बुधबार राति ९ बजे बजार गस्ती गर्ने क्रममा सडक छेउछाउमा पार्किङ गरेका सवारी साधानलाई राम्रोसँग राख्न र आफूहरु पनि सचेत रहन स्थानीयलाई सूचना गरेको थियो । सोहीक्रममा एक मोटरसाइकल चालकलाई स्थानीय सुरेश खाँडले हातपात गरे । प्रहरीले उनीहरुलाई छुटाउने क्रममा जनप्रतिनिधि रहेका केसीले प्रहरीमाथि नै हातपात गरेका थिए ।

उनी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । केसीसहित प्रहरीले सँगै रहेका ईश्वर खड्कालाई पनि पक्राउ गरेको छ । कुटपिटमा संलग्नको आरोप लागेका सुरेश खाँड फरार छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports