Incident Reports

Two Socket Bombs Found

2013-11-16

Lumbini, Rolpa, Tribeni

Rolpa, Sadak ma dhaliyeko rukhma 2 ota socket bomb fela. Rolpa/November 16 Two socket bombs have been found in Sahid Marga of Gairigaun VDC. The bomb was planted after felling the trees in the road, according to CDO Mahadev Pantha. He further said that the bomb might have been kept by the poll opposing parties to obstruct the election. The bomb was defused by the bomb disposal team of Nepal Army based in Gharti Gaun. The CPN-M denied planting of bomb. Dharendra Dangi रोल्पा । ०७० मंसिर १ गते, गैरीगाउँ गाविसमा पर्ने सहिद मार्गमा रुख ढालेर सो ठाउँमा राखेका दुई ओटा सकेट बम फेला परेका छन् । सहिदमार्गमा पर्ने गौरीगाउँ गाविस-५ गरगरे भन्ने स्थानमा मङ्सिर १ गते बिहान दुई ओटा सकेट फेला परेको हो । सडकमा रुढ ढालेर अवरोध गरी सो रुखमा दुई ओटा बम फेला परेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए । निर्वाचनलाई प्रभाव पर्ने उद्देश्यका साथ सो बम राखिएको हुन सक्ने बताइएको छ । चार दिन अघिदेखि दैनिक रुपमा क्षेत्र नं. २ मा पर्ने विभिन्न स्थानमा बमहरू फेला परिरहेका छन् । सडकमा राखिएको ती बमहरू घर्तीगाउँ बेस बनाएर बसेको नेपाली सेनाको टोलीले बेलुका मात्र निष्क्रिय पारेको छ । कतिपयले निर्वाचन बहिस्कारमा लागेको नेकपा-माओवादीले बम राखेको हुन सक्ने आशंका गरे पनि निर्वाचनको बहिस्कार गरेको नेकपा-माओवादीले बमहरू नराखेको जनाएको छ । नेकपा-माओवादीका जिल्ला इन्चार्ज केशबहादुर बाठा सुभासले बम राख्ने पार्टीको नीति नभएको र आफूहरूलाई दमन गर्न बम राखेको हुन सक्ने बताएका छन् । धरेन्द्र डाँगी

0 Comments