Incident Reports

सांसद साहको रिहाइ माग गर्दै राजपाद्वारा जनकपुरमा चक्काजाम

2019-10-16

Madhes, Dhanusha, Janakpur

प्रतिनिधि सभाका सांसद प्रमोद कुमार साहलाई रिहा गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनता पार्टी नेपालले आज बिहान पूर्व पश्चिम राजमार्गमा चक्काजाम गरेको छ ।

राजपा  नेपालले  बुधबार बिहान साहको रिहाइको माग गर्दै एक घण्टा चक्काजाम गरेको हो ।  

सांसद साहको रिहाइको माग गर्दै  राजपा नेपालका नेता तथा कार्यकताहरुले प्रहरी प्रशासन विरुद्ध नाराबाजी गर्दै   पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म चक्काजाम गरेका थिए । राजपाको चक्काजामका कारण केही समय सवारी आवागमनमा अवरोध आएको थियो।

प्रदर्शनका क्रममा उनीहरू पक्राउ परेका सांसद साहको रिहाइको माग गर्दै बुद्ध एयरको विरुद्ध नाराबाजीसमेत गरेका थिए।

राजपा नेपालले जनकपुरको भानु चोकस्थित बुद्ध एयरको कार्यालयमा तालाबन्दी गर्ने र सेवाग्राहीलाई बुद्ध एयरको हवाई टिकट काट्नबाट रोक्ने कार्यक्रम तय गरेको छ।

यससँगै राजपाले जनकपुर उद्योग वाणिज्य सङ्घसहित विभिन्न संघ संस्था र राजनैतिक दलहरूसँग बैठक बसी आगामी आन्दोलनको कार्यक्रम तय गर्ने योजना बनाएको राजपा नेपाल धनुषाको अध्यक्ष मण्डलका संयोजक प्रमोदकुमार यादवले बताएका छन्।

मंगलबार प्रतिनिधिसभा सदस्य प्रमोदकुमार साहलाई जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।

उनको पक्राउको विरोधमा राजपा मङ्गलवारदेखि चरणबद्ध आन्दोलनमा उत्रदैं आएको छ।

प्रहरी नियन्त्रणमा रहेका सांसद साहलाई आज धनुषा जिल्ला अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Secondary Form Road block
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha

0 Comments