Incident Reports

एमाओवादी कार्यकर्ताद्वारा चुनाव पर्यवेक्षक कुटिए l

2013-11-16

Bagmati, Ramechhap, Doramba

Nawa Raj Pathik रामेछाप । ०७० मङ्सिर २ गते, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका पर्यवेक्षक लखनपुर गाविस-१ निवासी ३२ वर्षीय टङ्क गौतमलाई मङ्सिर १ गते टोकरपुर गाविस-९ को रजमनटारमा एमाओवादीका कार्यकर्ताहरूले कुटपिट गरका छन् । निर्वाचन पर्यवेक्षणको लागि मन्थलीबाट लखनपुरतर्फजाँदै गरेका गौतमलाई एमाओवादी कार्यकर्ता टोकरपुर-९ का हिरा श्रेष्ठ, मित्र श्रेष्ठ र लोकबहादुर श्रेष्ठले कुटपिट गरेका पीडितले बताए । रजमनटारमा पुगेका उनलाई एमाओवादी कार्यकर्ताले एमाओवादीलाई सहयोग गर्न आग्रह गरेका थिए । तर गौतमले आफू पर्यवेक्षणमा हिँडेकोले कुनै पनि दललाई सहयोग नगर्ने बताएपछि एमाओवादी कार्यकर्ताहरूले कुटपिट गरेका थिए । उनीहरूले घटना कतै सार्वजनिक नगर्नसमेत धम्की दिएका थिए । नवराज पथिक

0 Comments

Related Reports