Incident Reports

लूटपाट र कुटपिटको आरोपमा तीनजना पक्राउ

2019-07-17

Madhes, Parsa, Birgunj, Ward 32

बुधवार राति लुटपाट र कुटपिट गर्ने गिरोहका तीनजनालाई वडा प्रहरी कार्यालय, श्रीपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-३२ चोर्नी निवासी अजयकुमार महतो, उमेश मण्डल र सुरेश यादव रहेका छन् । घटनामा संलग्न मुनीलाल र जनी महतो फरार रहेका प्रहरी निरीक्षक चक्र मल्लले जानकारी गराए।

घटना विवरण अनुसार वीरगंज-३२  कोन्हिया निवासी वीरेन्द्र राम घर जाने क्रममा जीतपुर दाल मिलदेखि कोन्हिया जाने बाटोमा चार/पाँच जनाको समूहले धारिलो हतियार प्रहार गरी रामसँग रहेको नगद ७५ हजार लुटेको उजूरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

घाइतेको उपचार नारायणी अस्पतालमा भइरहेको छ । उनको शरीरका तीन ठाउँमा चोट लागेको देखिन्छ । मेडिकल रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रनि मल्लले जानकारी दिए । स्थानीय युवा शम्भु पटेलका अनुसार सो ठाउँमा सातापिच्छे चोरी र लुटपाटका घटना बढ्दै गएको बताए । प्रहरीले अहिलेसम्म तीनजनालाई मात्र पक्राउ गरेको छ भने अन्यको खोजी भइरहेको बताएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Parsa

0 Comments

Related Reports