Incident Reports

पेट्रोल बम प्रहारबाट घाइतेको मृत्यु l

2013-11-17

Madhes, Bara, Nijgadh

Laxmi Sah Sonar बारा । ०७० मङ्सिर २ गते, पथलैया-निजगढ सडकखण्डको दुधौरापुल नजिक कात्तिक २८ गते गुडिरहेको ट्रकमा गरिएको पेट्रोल बम प्रहारबाट जलेर घाइते २ जनामध्ये १ जनाको मङ्सिर २ गते उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकका चालक बारा निजगढ गाविस-९ का २६ वर्षीय राजु दाहाल हुन् । बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उनको उपचार हुन नसकी थप उपचारको लागि काठमाडौंको शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अर्का घाइते सोही ठाउँका यात्रु ४५ वर्षीय हरि प्रसाइँ उपचारको क्रममा काठमाडौँमै छन् । अज्ञात समूहले पेट्रोल बम प्रहार गर्दा उनीहरू घाइते भएका थिए । पथलैयाबाट निजगढ जाँदै गरेको ना ३ ख ५६९७ नम्बरको ट्रकलाई लक्षित गरी दुधौरापुल नजिक जङ्गलबाट निस्केका दुई व्यक्तिले पेट्रोल बम प्रहार गरेका थिए । यसैबीच सरकारले मृतक परिवारलाई राहतको घोषणा गरेको छ । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis