Incident Reports

चुनावमा खटिएका कर्मचारीमाथि आक्रमण l

2013-11-17

Bagmati, Makawanpur, Hetauda

Pratap Bista मकवानपुर । ०७० मङ्सिर २ गते, मकवानपुर पदमपोखरी गाविसस्थित मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ । मंसिर २ गते साँझ साढे ४ बजेको समयमा पदमपोखरी गाविसस्थित बुद्ध माविमा खटिएका कार्यालय सहायक सागरबहादुर गुरुङलाई आक्रमण भएको हो । धारिलो हतियारको आक्रमणबाट गुरुङको टाउकोमा गहिरो चोट लागेको छ । घाइते गुरुङको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । गुरुङको स्वास्थ्य सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकले जनाएको छ । पदमपोखरी गाविस-४ स्थित बुद्ध मावि मतदान केन्द्रमा मंसिर २ गतेवाटमात्र खटिएका टिसिएनका कार्यालय सहायक गुरुङ साँझ हेटौंडा नपा-९ चौधघरेस्थित घर फर्कदै गर्ने क्रममा आक्रमणमा परेका हुन् । सिग्रेनी र वनस्पती बीचको जंगलमा ५४ वर्षीय गुरुङमाथि आक्रमण भएको हो । आक्रमण कसले र किन गर्‍यो भन्ने खुल्न सकेको छैन । प्रताप विष्ट

0 Comments

Related Reports