Incident Reports

हाम्रो राष्ट्रवाद : भारतद्वारा सीमा अतिक्रमण, नेपालमा गाडी तोडफोड ! (भिडियो)

2019-11-07

Bagmati, Lalitpur, Lalitpur

ललितपुर । बिहीबार बिहान ११ बजे कुपण्डोलस्थित पुल्चोक इन्जिनियरिङ कलेजबाट नेपालको राष्ट्रिय झण्डा बोकेर एक हुल निस्कियो ।

लामो कपाल, कम्ब्याट ड्रेस लगाएका एक आक्रोशित युवाको नेतृत्वमा निस्किएको उक्त जुलुसमा कलेज ड्रेस लगाएका करिब एक दर्जन विद्यार्थी पनि सामेल थिए ।

उनीहरुले ‘लिपुलेक हाम्रो हो’, ‘लिपुलेक फिर्ता गर’ जस्ता नारा लगाएका थिए । जब कुपन्डोल–पुल्चोक सडक खण्डमा उनीहरु आइपुगे, सरकारी सवारी साधन देख्नासाथ उनीहरु तोडफोडका लागि तम्सिहाले 

उनीहरुसँगै तैनाथ सुरक्षाकर्मीहरु भने सवारी साधन व्यवस्थापन र उनीहरुलाई उत्तेजित हुनबाट रोक्न प्रयास गरिरहेका देखिन्थे ।

केही बेर सडकमा प्रदर्शन गरेका उनीहरुले अन्य सरकारी गाडीलाई पनि निशाना बनाएका थिए ।

प्रदर्शनका कारण केही बेर सवारी अवागमन समेत अवरुद्ध हुन पुगेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले केही सरकारी सवारी साधन तोडफोड भएको र प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएको राईले बताए ।

भारतले नयाँ नक्सामार्फत नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा नेपालका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । खासगरी विद्यार्थी संगठनहरु भारतीय कदमको विरोधमा उत्रिएका हुन् । विद्यार्थी संगठनहरुले बिहीबार विभिन्न जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।




Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Violent demonstration
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media

0 Comments