Incident Reports

पोखराको निर्वाचन कार्यालय नजिकै विस्फोट

2019-11-07

Gandaki, Kaski, Pokhara Lekhnath

 कास्कीको टुरिस्ट बसपार्कमा विष्फोट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको हो ।

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘हाम्रो टोली पुगेर हेर्दा पटकाको बारुदजस्तो देखियो ।’ खाल्डोमा पड्किएकाले ठूलो आवाज आएको हुनसक्ने एसपी कार्कीले बताए ।

उनले भने, ‘थप बुझ्ने काम गरिरहेका छौं ।’

कास्की-२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप-चुनाव हुँदैछ । बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports