Incident Reports

सेनाद्वारा पटका बम निष्क्रिय l

2013-11-18

Sur Bahadur Pariyar कैलाली । ०७० मङ्सिर ३ गते, धनगढी नपा-५ हसनपुर स्थित पिपल चौतरा नजिकै रहेको चौधरी किराना पसल अगाडि राखिएको पटका बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले मङ्सिर ३ गते निष्क्रिय पारेको छ । उक्त पटका बम कसले राखेको खुल्न नसकेको भए पनि चुनाव बहिष्कार गर्ने पक्षले जनतालाई भयभीत पार्नका लागि बम राखेर हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी मोहनराज जोशीले बताए । उक्त पटका बम भित्र केही बारुद र बालुवा, शिशाका कण र माटो रहेको नेपाली सेना डिस्पोजल टोलीले जानकारी गराएको छ । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis