Incident Reports

अपहरणको आरोपमा पक्राउ

2019-02-14

Province 1, Morang, Sunwarshi

मोरङको सुनबर्षि नगरपालिकाबाट एक किशोरीलाई अपहरण गर्ने महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

गत फागुन २ गते राति सुनबर्षि नगरपालिकाकी एक किशोरी अपहरणमा संलग्न भएको आरोपमा ३६ वर्षीया गीता ऋषिदेबलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

सुनबर्षिकी१५ वर्षकी किशोरी घरबाटै अपहरणमा परेकी थिइन् । रंगेली प्रहरीले पीडितको जाहेरीका आधारमा साउनको दोस्रो सातामा अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो।

पक्राउ परेकी ऋषिदेबलाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताउनुभयो।

अपहरण ९ जनाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ। अपरणमा परेकी किशोरीलाई भारतको विभिन्न शहरमा लगेर करणी गरेको र यातना दिने गरेको बताइएको छ । उनको शरिरको बिभिन्न भागमा तातो पुन्युले डाम्ने गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ।  

पीडित किशोरीलाई अपहरणमा परेको ५ महिनापछि भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा भारतको पञ्जाबबाट उद्धार गरिएको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons Other
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 9
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
Local Newspaper - Morang

0 Comments